Connect with us
Kapilvast Forest

घरको छतबाट खस्दा बालिकाको मृत्यु

२०७७, ९ आश्विन शुक्रबारमा प्रकाशित

file death

झापा-घरको छतबाट खसेर झापाको विर्तामोडमा बिहीबार राति एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ ।बिर्तामोड–५ स्थित एक घरको छतबाट झर्दा १३ बर्षीया कृतिका भण्डारीको मृत्यु भएको हो ।

राति १० बजेतिर खाना खाइसकेपछि घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा गम्भिर घाइते भएकी बालिकालाई उपचारार्थ स्थानीय अस्पतालमा लैजाँदैगर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कृतिका ५ दिनअघि काठमाडौँबाट मावली घरमा आएको बेला उक्त घटना घटेको हो । मावली घरकै चार तलामाथिको छतबाट झरेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,