Connect with us
Kapilvast Forest

इनारमा डुबेर दुई जना बेपत्ता

२०७७, ९ आश्विन शुक्रबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

मकवानपुर — मनहरी–७ मा इनारमा पसेका २ जना हराएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मनहरीका अनुसार बजारमा रहेको साह पार्टी प्यालेसको इनारभित्र राखेको पानी तान्ने मोटरपम्प बिग्रिएपछि बनाउन गएका दुई जना हराएका हुन् ।

पार्टी प्यालेस सञ्चालकका छोरा ३० वर्षीय सुरज साह मोटरपम्प बनाउन इनारमा पसेकोमा बाहिर नआएपछि स्थानीय १६ वर्षीय उत्सव नेपाली साहलाई निकाल्न इनारमा पसेको प्रहरीले जानकारी गराएको छ ।

दुवै बाहिर नआएपछि उद्धारका लागि डोरीको सहायताले पसेका आनन्द लो बीचमै अचेत भएपछि स्थानीयले उद्धार गरी उपचारका लागि हेटौंडा पठाइएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिनु भयो ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,