Connect with us
Kapilvast Forest

कोरोना संक्रमित बढेपछि बारबर्दियामा लकडाउन

२०७७, ९ आश्विन शुक्रबारमा प्रकाशित

badriya nagarpalika

बर्दिया-कोरोना संक्रमित बढेपछि बर्दियाको बारबर्दिया नगरपालिकाले असोज ९ गते रातीदेखि १४ गते रातीसम्म लकडाउनको घोषणा गरेको छ ।

बारबर्दिया नगरपालिकाको कोभिड संकट व्यवस्थापन केन्द्रको शुक्रबार बिहान बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधीभर सरकारी तथा गैरसरकारी कार्यालय, पसल व्यवसाय, बैंक तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु र यातायात लगायतका क्षेत्र पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक सेवा प्रवाह गर्ने दैनिक उपभोग्य पसलहरु, दुध, हरीयो तरकारी, पानी, फलफुल र ग्याँस लगायतका पसलहरु हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ ।

लकडाउनलाई प्रभावकारी बनाउनका लागि नगरपालिकाले वडाध्यक्ष र वडाबासीलाई समेत जानकारी गराई प्रचारप्रसार गर्ने बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारुले बताउनु भयो ।

त्यसैगरी नगरपालिकाले लक्षण नदेखिएका कोरोना संक्रमितहरुलाई अंशुवर्मा मावि जयनगरमा राख्ने र भारत लगायत तेस्रो मुलुकबाट आउनेलाई नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड प्रयोग गरी होम क्वारेन्टाइनमा बस्न लगाउने लगायतका निर्णय गरेको छ ।

बारबर्दिया नगरपालिकामा हालसम्म ६५ जना कोरोना संक्रमित छन्जस मध्ये ३१ जना कोरोना जितेर घर फर्किएका छन् भनेगत मंगलबार बारबर्दिया नगरपालिका वडा नं ३ का वडाध्यक्ष ३९ वर्षीय सुर्यबहादुर थारुको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,