Connect with us
Kapilvast Forest

धरानमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

२०७७, ९ आश्विन शुक्रबारमा प्रकाशित

bp-cancer-hospital_Newscenternepal

काठमाडौं-वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका सूचना अधिकारी निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज–३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी–१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

डा सापकोटाका अनुसार सप्तरीका ७० वर्षीय पुरुषमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण देखिएपछि गजेन्द्र नारायणसिंह अस्पताल राजविराज भर्ना हुनु भएको थियो । उहाँमा कोरोना पुष्टिभएपछि त्यहाँबाट वीपी प्रतिष्ठानमा रेफर भएका थिए । उहाँमा भदौ २५ गते गजेन्द्र नारायणसिंह अस्पतालमा कोरोना पुष्टि भएको थियो ।

उहाँलाई भदौ २८ गते राति वीपी प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारका क्रममा उहाँको असोज ८ गते राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै अर्का मृत्यु भएका कोरोना संक्रमित मोरङका ५५ वर्षीय पुरुष आन्द्राको क्यान्सर भएर जटिल शल्यक्रिया भएको र शरीरको अन्य भागमा पनि क्यान्सर फैलिसकेको अवस्थामा थिए ।

उहाँमा असोज ८ गते कोरोना पुष्टि भएको थियो । ती पुरुषको ८ गते राति ८ बजेर ३० मिनेटमा मृत्यु भएको डा सापकोटाले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,