Connect with us
Kapilvast Forest

अस्पतालका डाक्टरलाई कोरोना पुष्टि, आकस्मिक बाहेकका सेवा बन्द

२०७७, १० आश्विन शनिबारमा प्रकाशित

गुल्मी अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द

गुल्मी- गुल्मी अस्पताल तम्घासको आकस्मिक बाहेकका अन्य सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पाच्यलाई कोरोना पुष्टि भएपछि अस्पतालले सार्वजनिक रुपमा सूचना जारी गर्दै आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गर्ने जनाएको हो ।

कोभिड १९ डायग्नोष्टिक ल्याब्रोटोरी तम्घासमा गरिएको स्वाब परीक्षणको क्रममा डा. पाच्यसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । बिहीबार कन्ट्रयाक्ट ट्रेसिङका आधारमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, स्वास्थ्य कार्यालयका प्रमुख डा भवानीप्रसाद शर्मा सहित जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयका सम्पूर्ण स्वास्थ्यकर्मी गरी १ सय १२ जनाको स्वाब सङ्कलन गरिएको छ ।

पहिलो पटक ३६ जनाको स्वाब परीक्षण गर्दा १६ जनामा कोरोना रिपोट पोजिटिभ देखिएको जनाइएको छ ।

मुसिकोट नगरपालिकाका ६७ जनामा गरिएको स्वाब परीक्षणमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने थप ६ जनाको र्‍यापिड टेष्टमा राखिएको र त्यसबाहेक अन्य सबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,