Connect with us
Kapilvast Forest

पहिरोमा परि ज्यान गुमाएको दाहसंस्कार खर्च र घाइतेको उपचार खर्च नगरले व्यहोर्ने

२०७७, १० आश्विन शनिबारमा प्रकाशित

pahiro

स्याङ्जा -अविरल वर्षासँगै आएको पहिरोका कारण ज्यान गुमाएका वालिङ १४ तमादीका ९ जनाको दाहसंस्कारमा लागेको खर्च र घाईतेको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले व्यहोर्ने निर्णय गरेको छ ।

नगरप्रमुख दिलिपप्रताप खाँणको अध्यक्षतामा शुक्रबार बसेको ५८ औं कार्यपालिका बैठकले दाहसंस्कारका क्रममा भएको खर्च र उपचाररत मनिषा नेपालीको सम्पूर्ण उपचार खर्च नगरपालिकाले बेहोर्ने भएको हो ।

वालिङ नगरपालिकाका प्रवक्ता केदार काफ्लेका अनुसार भूकम्प, बाढी पहिरो, आगलागी, असिनापानी, हावाहुरी, रोगब्याधीजस्ता प्राकृतिक विपत्तिबाट धनजनको क्षति भई राहतका लागि माग भएको खण्डमा प्राविधिकसहितको वडा समितिको निर्णयसहितको सिफारिसका आधारमा राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।

विपदको घटनामा परी कुनै व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई प्रतिमृतक रू १० हजार उपलब्ध गराउने, घर पूर्ण रुपमा क्षति भएमा १० हजार, खाद्यान्न बाली, जग्गा जमिन नष्ट भएमा ५ हजार, घर आंशिक रुपमा क्षति भएमा ७ हजार, गोठ नष्ट भएमा ५ हजार, घटनामा परी घाईते हुनेहरुलाई उपचारका लागि अस्पताल जान-आउन यातायात खर्चवापत ३ हजार र विपदका कारण दुहुनो गाईभैंसी मरेमा प्रति पशु ८ हजार र दुध दिनयोग्य गाई भैंसी भएमा ५ हजार, खसी बोका र माउ बाख्रा भएमा ३ हजार राहत रकम उपलब्ध गराउने निर्णय भएको प्रवक्ता काफ्लेले बताउनुभयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,