Connect with us
Kapilvast Forest

बाँकेमा थप ५० जना कोरोना संक्रमित डिस्चार्ज

२०७७, १० आश्विन शनिबारमा प्रकाशित

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण

नेपालगन्ज — बाँकेका विभिन्न आइसोलेसनबाट थप ५० जना कोरोना सक्रमित डिस्चार्ज भएका छन् ।डिस्चार्ज हुनेमा भूमिसुधार तथा मालपोत कार्यालयका लेखा अधिकृतसहित १५ जना कर्मचारी, जिल्ला प्रहरी कार्यालयका एक जना जुनियर अधिकृतसहित २३ महिला र २७ पुरुष गरी ५० जना रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार १४ दिन आइसोलेसनमा बसेर उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

उनीहरुलाई भदौ २७ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ११ पुगेको छ ।

फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ७ जना समेत गरी ३ सय ५८ जना संक्रमित उपचाररत छन् । बाँकेमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ७ सय ७४ रहेको छ भने १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,