Connect with us
Kapilvast Forest

बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

२०७७, १० आश्विन शनिबारमा प्रकाशित

बाघको आक्रमण
प्रतिनिधिमुलक तस्विर

चितवन– आक्रमणबाट चितवनमा बाघको एकजनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–१३ सिमल गैरीका ६३ वर्षे जन्हू महतोलाई बाघले आक्रमण गरेको हो ।

स्थानीय बेलसोर सामुदायिक वनमा घाँस काट्न गएका उहाँलाई बिहान ११ बजेतिर बाघले आक्रमण गरेको र आफूहरुले पौने १२ बजेतिर घटनाबारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिनु भयो ।

जन्हूको शव बाघबाट छुटाएर ल्याउने प्रयास भइरहेको डीएसपी थापाले बताउनु भयो । हात्तीसहितको उद्धार टोली तथा चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोली घटनास्थलमा गएर शव नियन्त्रणमा लिने प्रयास थालेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,