Connect with us
Kapilvast Forest

गएको २४ घण्टामा १ हजार २ सय सात जनामा कोरोना सङ्क्रमण

२०७७, १० आश्विन शनिबारमा प्रकाशित

corona ncn

काठमाडौं – गएको २४ घण्टामा एक हजार दुई सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।१० हजार १९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण हुनेको संख्या ७१ हजार आठ सय २१ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा एक हजार एक सय ४७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ५३ हजार १३ जना पुगेका छन् ।

यो कुल संख्याको ७३ दशमलव आठ प्रतिशत हो । नेपालमा अब १८ हजार तीन सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये दुई सय २४ जना आईसीयूमा र २७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय ६७ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,