Connect with us
Kapilvast Forest

कोरोनाको केन्द्र बन्दै उपत्यका,कोराना संक्रमितको संख्या २० हजार नाघ्यो

२०७७, ११ आश्विन आईतवारमा प्रकाशित

kaathmandu

काठमाडौं- पछिल्लो समय दिन प्रतिदिन कोरोना संकमणको दर बढ्दै काठमाडौ उपत्यका कोरोनाको केन्द्र बन्दै गएको छ ।शनिबार काठमाडौं उपत्यकामा थप ७२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार ६९८ पुगेको छ।पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो। उहाँका अनुसार ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्। हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा भने १० हजार ५ सय ८ जना छन्।

पछिल्लो २४ घण्टामा १ हजार ४४७ निको भएका छन्। योसँगै ५३ हजार १३ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७३।८ प्रतिशत हो।

 

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,