Connect with us
Kapilvast Forest

रौतहटमा दम्पतीमाथि सांघातिक हमला गर्ने थप २ जना पक्राउ

२०७७, ११ आश्विन आईतवारमा प्रकाशित

rautahat-1.jpg

रौतहट – प्रहरीले रौतहटमा महेश तिवारी दम्पतीमाथि आक्रमण गरेको आरोपमा थप २ जनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रवि रावलका अनुसार घटनामा संलग्न रहेको अभियोगमा रामएकवाल मुखिया बिन र उहाँका एकजना आफन्तलाइ पक्राउ गरेको छ ।
शुक्रबार राति धारिलो हतियार प्रयोग गरि अन्दाधुन्द आक्रमण गर्दा देवाही गोनाही–५ टिकुलियाका महेश तिवारी दम्पतीमध्ये श्रीमतीको मृत्यु भएको थियो ।

घटनालगत्तै प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा बली मुखिया बिनलाई पक्राउ गरेको थियोे । जिल्ला प्रहरी कार्याय रौतहट प्रमुख एसपी सिद्धि विक्रम शाहले सांघातिक आक्रमण गर्नेहरु अन्यको खोजी भइरहेको बताउनु भयो ।

केही महिना अघि गाउँमा बाटोको विषयलाई लिएर स्थानीय स्तरमा विवाद भएको र सोही विवाद अहिलेको अवस्थासम्म आइपुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,