Connect with us
Kapilvast Forest

काँग्रेस विवादः पौडेल समूहको पत्रमा २७ जनाको हस्ताक्षर, सिटौला पक्ष असहमत

२०७७, ११ आश्विन आईतवारमा प्रकाशित

congress

काठमाडौं-महाधिवेशन पर धकेल्न चाहिरहेका पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तयार पारेको विरोध पत्रमा कृष्ण सिटौला समूहले हस्ताक्षर गर्न अस्वीकार गर्नु भएको छ ।

समायोजन, क्रियाशील सदस्यता, विभागहरु गठन, भ्रातृ–शुभेच्छुक संस्थाको मुद्दा उठाएर पौडेल समूहले विरोध पत्र बनाएको छ, जसमा महामन्त्री शशांक कोइराला र कोषध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरे पनि सिटौला समूहले हस्ताक्षर गर्न अस्वीकार गर्नु भएको छ ।

आइतबार विहान आफ्नै निवास बोहोराटारमा भएको भेटमा वरिष्ठ नेता पौडेलले विरोधपत्रमा हस्ताक्षर गर्न सिटौलालाई आग्रह गर्नु भएको थियो ।तर सिटौलाले आफ्नो समूहले हस्ताक्षर नगर्ने बताउनु भयो । ‘उहाँले आज विरोध पत्रबारे भन्नुभयो, तर मैले मेरो समूहले केही गर्नुपर्‍यो भने म आफैं भनिहाल्छु नि भनेको छु’ पूर्वमहामन्त्री सिटौलाले , ‘रामचन्द्र पौडेल समूहको विरोध पत्रमा मेरो समूहले किन हस्ताक्षर गर्नुपर्‍यो रु’

मुद्दाका आधारमा आफ्नो समर्थन र विरोध हुने भन्दै उहाँले पौडेल समूहले उठाएको मुद्दाहरुमा आसन्न केन्द्रीय कार्यसमितिमा आफ्नो धारणा राख्ने बताउनु भएको छ ।

कांग्रेस केन्द्रीय समितिमा सिटौला समूहका उहाँसँगै प्रदीप पौडेल, गगन थापा र आमन्त्रित शिव हुमागाई उहाँहरु चारै जनाले विरोध पत्रमा हस्ताक्षर गर्नु हुने छैन ।

पौडेल समूहका एक नेताले पनि त्यसलाई स्वीकार गर्नु भएको छ । ‘हाम्रो २७ जनाको हस्ताक्षर भइसकेको छ । ३१ बनाउन खोजेका थियौं, सम्भव भएन’ उहाँले भन्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,