Connect with us
Kapilvast Forest

सम्झनाको बलात्कारपछि हत्या भएको खुलासा,हत्यामा संलग्न आरोपि पक्राउ

२०७७, ११ आश्विन आईतवारमा प्रकाशित

samjhana

 

काठमाडौं – बझाङको मस्टा २, खिकाला गाउँस्थित मन्दिरभित्र गत बुधबार मृत भेटिएकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको खुलेको छ । प्रहरी अनुसन्धान र अस्पतालको रिपोर्टले उहाँको बलात्कारपछि हत्या भएको खुलेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदीले अभियुक्तलाई पक्राउ गरिसकिएको र थप अनुसन्धान जारी रहेको बताउनुभएको छ ।

हत्यामा संलग्न रहेको आरोपमा स्थानीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा बोहराको संग्लनता अनुसन्धानबाट खुलिसकेको छ । घटनामा बोहराको मात्रै संग्लनता रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।बुधबार साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झना स्थानीय शिव मन्दिरभित्र मृत फेला परेको प्रहरलिे जनएको छ ।

मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्नु हुन्थ्यो । कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आउनु भएको थियो एकी थिइन्। उहाँका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष भयो। सम्झनाले दुईदिनअघि मात्रै भारतमा रहेका बुबाआमासँग कुरा गर्नु भएको थियो । उहाँले यसपालिको दसैंमा घर आउँदा आफूलाई राम्रो लुगा, मोबाइल र झोला ल्याइदिन भनेको उहाँकी हजुरआमा हासु कामीले बताउनु भयो ।सम्झनाले सामान मागेको हप्तादिन नपुग्दै उहाँले सधैंका लागि संसार छाडेर जानु भयो ।

सम्झनाले घरबाट बोकेर गएको डोको नाम्लो र हँसिया सिम देवताको मन्दिर नजिक भेटिएको थियो। मन्दिरभित्र बलात्कारपछि धारीलो हतियारले टाउको र शरीरमा हानेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। सम्झनाले कानमा लगाएको पाँच आना सुनका गहनासमेत लुटिएको प्रहरीले बताएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,