Connect with us
Kapilvast Forest

आज कुन जिल्लामा कति थपिए कोरोना सक्रमित ?

२०७७, ११ आश्विन आईतवारमा प्रकाशित

corona ncn

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ३, भोजपुरका १, मोरङका १५२, सुनसरीका ३, धनुषाका १, पर्साका १७, बाराका २०, महोत्तरीका ३, रौतहटका १६, सप्तरीका ८, सर्लाहीका १, सिरहाका १, काठमाडौँका ६३३, चितवनका ८३, धादिङका १, नुवाकोटका ३, भक्तपुरका ७२, मकवानपुरका १, रसुवाका १, रामेछापका १, ललितपुरका १०४, सिन्धुपाल्चोकका ३, कास्कीका २८, गोरखाका १ र तनहुँका ४ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै नवलपरासीपूर्वका ८, लमजुङका २०, बागलुङका ३२, स्याङ्जाका ३, अर्घाखाँचीका १, कपिलवस्तुका ६, गुल्मीका २, दाङका ३०, नवलपरासीका १, प्यूठानका २, बर्दियाका ३३, बाँकेका ३३, रुपन्देहीका ४७, रोल्पाका ५, दैलेखका ४, सल्यानका १२, सुर्खेतका ७६, अछामका २, कञ्चनपुरका १३, कैलालीका ५६, डोटीका १, बझाङका २४ तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार आइतबार ८८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ। हाल ६ हजार २ सय ८१ जना क्वारेन्टिनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २ सय २५ जनाको आईसीयुमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्। यसैगरी मोरङ, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,