Connect with us
Kapilvast Forest

बुद्धले दरबार छोडेको सम्झना गर्दै महाभिनिष्क्रमण दिवस मनाईयो

२०७७, ११ आश्विन आईतवारमा प्रकाशित

Kapilbastu-tilaurakod

कपिलबस्तु -सिद्धार्थ गौतम बुद्धको राजकीय जीवनसहित राजप्रासाद त्याग गरेको ऐतिहासिक दिनको सम्झना गर्दै कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाईएको छ ।

४१ औ बिश्व पर्यटन दिवसको अवसरमा तिलौराकोटमा पर्यटकीय आकर्षण बढाउन २६ सय १५ वर्ष अघिको ऐतिहासिक घटनाको झल्को दिनेगरी महाभिनिष्क्रमण दिवस मनाईको हो ।

कोरोना भाइरस संक्रमणले संकटमा परेको पर्यटन क्षेत्रलाई हौसला दिनका लागि लागि राजकुमार सिद्धार्थ राजदरबार छोडेको घटना चित्रित गर्दै महाभिनिष्क्रमण दिवस मनाईएको होे ।

तौलिहवाका शाक्य कुलका सिद्धार्थ शाक्य घोडामा चढेर पूर्वी द्वारबाट दरबार छाडेको देखाईएको थियो । यस्तै ओलम्पियन बैकुण्ठ मानन्धरले पिस टर्च देखाउदै सिगारिएको घोडामा २९ वर्षका युवाले दरबार छाड्दै गरेको पनि देखाएको थियो ।

बुद्धले तत्कालिन अवस्थाको कन्थक नामक घोडामा चढेर तिलौराकोटको पूर्वीद्धारबाट गृह त्याग गरेको हुनाले त्यसै दिनको सम्झनामा कपिलवस्तुको पर्यटन प्रबद्र्धन गरि प्राचिन कपिलवस्तुको प्रचार प्रसारका लागि कार्यक्रम गरिएको लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाण्डेकाजीले जानकारी दिनुभयो ।

यस्तै लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले प्राचिन कपिलवस्तुको पहिचान र पर्यटकीय विकासका लागि कार्यक्रमले ठूलो सन्देश दिन सक्ने भन्दै पर्यटन दिवसको अवसरमा कार्यक्रम गरिएको बताउनु भयो ।

कोरोना भाईरस संक्रमणका कारण राजकुमार सिद्धार्थले ज्ञान प्राप्तिका लागि गृह त्याग गरेको असार पुर्णिमा दिवस मनाउन नसिएकोले पर्यटन दिवसको अवसर पारेर कार्यक्रम गरिएको थियो ।

ऐतिहासिक झल्को दिने कार्यक्रमले ओझेलमा परेको कपिलवस्तुको पर्यटन प्रबद्र्धनका लागि कोसेढुंगा सावित हुने र तिलौराकोटको महत्व झनै बढ्ने भन्दै स्थानीयहरु बुद्धसंग सम्बधित कार्यक्रम निरन्तर हुन आवश्यक रहेको बताएका छन ।

 

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,