Connect with us
Kapilvast Forest

लुम्बिनीमा पर्यटकलाई स्वागत गर्न आतुर छौं: सदस्य सचिव राइ

२०७७, ११ आश्विन आईतवारमा प्रकाशित

भैरहवा-  कोरोना महामारीले पारेको संकटबाट पर्यटन क्षेत्र पनि प्रभावित भईरहेको छ । यसैबीच आईतबार एकचालिसौं विश्वपर्यटन दिवस मनाइरहदा पर्यटन क्षेत्रको पुनरुत्थानकोलागि लुम्बिनीमा तयारी भइरहेको बताइएको छ ।

लुम्बिनी विकास कोषका कामू सदस्य सचिव ज्ञानिन राइले विश्वपर्यटन दिवसको शुभकामना दिदैं भन्नुभएको छ, ‘ कोरोना महामारीबाट सबैभन्दा बढी प्रभाव परेको पर्यटन क्षेत्रको पुनरुत्थानकोलागि सबै एकताबद्ध भई अगाडी बढ्नु आजको आवश्यक्ता हो । छिट्टै नै बाह्य तथा आन्तरीक पर्यटकलाई लुम्बिनीमा हामी स्वागत गर्न आतुर छौं ।’

राइले ऐतिहासीक, पुरातात्वीक, सास्कृतिक, धार्मिक र सामाजिक दृष्टिले अति नै महत्वपुर्ण विश्व सम्पदा सूचिमा सूचिकृत लुम्बिनीमा कोरोना महामारीकै कारण स्थलगत अवलोकनमा विगत केहि महिनादेखि स्थगन गरिएको भएता पनि मायादेवि मन्दिर परिसरमा बौद्ध भिक्षु÷भिक्षुणीहरुबाट दैनिक पुजापाठ भइरहेको समेत बताउनुभयो ।

उहांले पर्यटन दिवसमा औपचारिक कार्यक्रम नभएता पनि साईकलयात्रीहरुलाई भने स्वागत गरको बताउदैं कोभिड १९ को संकटकाबीच पनि बृहत्तर लुम्बिनीको विकासकोलागि लुम्बिनी विकास कोषले संस्थागत रुपमा काम गरिरहेको बताउनुभयो । उहांले भन्नुभयो, ‘ लुम्बिनी, कपिलवस्तु, देवदह, रामग्राम क्षेत्रको विकासकोलागि कोषले योजनाका साथ काम गरिरहेको छ। ’

कामू सदस्यसचिव राइले बुद्ध जन्म स्थल लुम्बिनीमा सन्चालित लुम्बिनी गुरुयोजना आगमी २ बर्ष भित्र पुरा हुने पनि बताउनुभयो । उहांले भन्नुभयो, ‘लुम्बिनी गुरुयोजनाको बाकी काम सम्पन्न गर्नकोलागि कोषले कोरोना महामारीकोबीच पनि सरोकारवाला निकायहरुसंग समन्वय गरि डिजाइन तथा लागत तयार गरि थप बजेट व्यवस्थाकोलागि नेपाल सरकारलाई अनुरोध गर्दै भौतिक निर्माणलाई तिब्रता दिएको छ। ’

कोभिड १९ को संक्रमणका बीच पनि कोषले कोरोना सम्बन्धी सचेतना अभियान चलाउनेदेखि विभिन्न गतिविधी गरिरहेको बताउदै विश्व शान्तिकोलागि प्राथर्ना गरिरहको पनि राइले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,