Connect with us
Kapilvast Forest

राजस्थानको कीर्तिमानी जीत, पन्जाब ४ विकेटले पराजित

२०७७, १२ आश्विन सोमबारमा प्रकाशित

काठमाडौ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हासिल गरेको छ ।

१३ औं संस्करणको आईपीएल क्रिकेटमा लगातार दोस्रो जीत निकाल्ने क्रममा राजस्थानले आक्रामक ब्याटिङ गर्दै किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको हो ।

पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर बनाएको थियो ।

जीतको लागि राजस्थानका सन्जु सामसनले ८५ रन बनाए भने कप्तान स्टिभ स्मिथले ५० रनको योगदान दिए । राजस्थानका लागि राहुल टेवटियाले विस्फोटक ब्याटिङ ३१ बलमा ७ छक्का गर्दै ५३ रन बनाए । उनले १८ औं ओभरमा ५ छक्का हानेका थिए । यस्तै जोफ्रा आर्चर १३ रनमा अविजित रहे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो ।पन्जाबको फराकिलो स्कोरमा मायांक अग्रवालले १ सय ६ रनको शतकीय इनिङ्स खेले । उनी आईपीएलको यस सिजन शतक बनाउने दोस्रो खेलाडी बनेका छन् ।

उनले ५० बलमा १० चौका र ७ छक्का प्रहार गरे ।मायांकले पहिलो विकेटका लागि कप्तान केएल राहुलसँग १ सय ८३ रनको साझेदारी गरेका थिए । राहुलले ६९ रन बनाए ।

जितसँगै राजस्थानले २ खेलबाट ४ अंक जोडेको छ । राजस्थान तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,