Connect with us
Kapilvast Forest

स्याङ्जामा तीन किलो गाँजासहित दुईजना पक्राउ

२०७७, १२ आश्विन सोमबारमा प्रकाशित

pakrau fiture

स्याङ्जा-गाँजासहित स्याङ्जामा दुईजना लाइ प्रहरी पक्राउ गरेको छ । गाँजा खरिद गर्ने अर्जुनचौपारी गाउँपालिका–२ मजुवा बस्ने २२ वर्षीय कृष्णबहादुर गुरुङ र बिक्री गर्ने सोही गाउँपालिका– ३ गहते बस्ने ६३ वर्षीय तुलबहादुर क्षेत्री तीन किलो गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो ।

गोप्य सूचनाका आधारमा प्रहरीले गुरुङको घरमा खानतलासी गर्दा लागुऔषध गाँजा फेला पारेको अधिकारीको भनाइ छ ।

सोधपुछको क्रममा गुरुङले तुलबहादुर क्षत्रीको घरबाट गाँजा ल्याएको बताएपछि क्षत्रीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको अधिकारीले बताउनु भयो । प्रहरीले क्षेत्रीको घरबाट समेत गाँजा फेला परेको थियो ।
पक्राउ परेका गुरुङ र क्षेत्रीलाई जिल्ला अदालतबाट २५ दिनकोे म्याद थपेर अनुसन्धान भइरहेको अधिकारीले बताउनु भयाो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,