Connect with us
Kapilvast Forest

व्यवसायी चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण

२०७७, १२ आश्विन सोमबारमा प्रकाशित

chandra-parsad-dhakal.jpg

काठमाडौं-व्यवसायी चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण भएको छ।सोमबार सामाजिक सञ्जालमार्फत व्यवसायी ढकाल आफैंले आफ्नो रिपोर्ट कोरोना पोजिटिभ आएको जानकारी दिनु भएको हो ।आफूले सतर्कता अपनाइरहेको भए पनि कोरोना संक्रमण देखिएको उहाँले उल्लेख गर्नु भएको छ ।

‘विश्वमै महामारीका रूपमा रहेको कोभिड–१९ को प्रकोप हाम्रो देशमा पनि बढ्दो रूपमा रहेको सबैलाई जानकारी नै छ। यस समयमा म आफू पनि जनस्वास्थ्यका मापदण्डहरू पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो(आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजिटिभ देखिएको छ,’

फेसबुकमा उहाँले लेख्नु भएको छ ‘तर मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको छु। त्यसैले केही दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनु हुन यसै सूचनामार्फत आग्रह गर्दछु भनेर लेख्नु भएको छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,