Connect with us
Kapilvast Forest

बेल्बासे जागरण समाज ठाडा द्धारा पहिरो पिडित लाई राहत

२०७७, १२ आश्विन सोमबारमा प्रकाशित

अर्घाखाँची-बेल्बासे जागरण समाज ठाडा द्धारा शितगंगा नगरपालिका वडानं १२ अर्घाखाँची कठिया मैदानमा भूक्षय भै घरवारविहीन भएका २६ परिवारलाई राहत बितरण गरिएकाे छ । एक्कासि गाँउनै भासिएर पिडित बनेका घर परिवार लाई बेल्बासे जागरण समाज ठाडा अर्घाखाँची का अध्यक्ष हुम बहादुर बेलबासेको अगुवाईमा राहत वितरण गरिएकाे हाे ।

पिडितहरुलाइ सस्थाका सचिव केदार बेल्बासे ,काेषाध्यक्ष तेजबहादुर बेल्बासे ,कुमार केशव बेल्बासे लगायतकाे समुहले घटना स्थलमै पुगि दाल ,चावल,तेल लगाएतकाे अत्यावश्यक सामाग्री बितरण गरेकाे समाजका सचिव केदार बेल्बासेले जानकारी दिनु भयाे ।

बिपतकाे समयमा अप्ठेरोमा परेका हरुलाइ सानाे सहयाेगले पनि ठुलाे राहत हुन सक्ने भन्दै राहत बितरण गरेकाे सचिव बेल्बासेले बताउनु भयाे। पिडितहरुलाइ राहत बितरण गर्दै अन्य संघ सस्थाहरुलाइ समेत राहत उपलब्ध गराउन अनुराेध गरेका छन ।

यस्तै घरवार बिहिन भएकाहरु लाई तत्काल सरकारले बासकाे ब्यवस्थापन गर्नु पर्ने र त्यसकाे लागि सबैले हातेमालाे गर्दै सहयाेग गर्नु पर्नेमा अध्यक्ष बेल्बासे बताउनु भयाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,