Connect with us
Kapilvast Forest

सुपर ओभरमा मुम्बइलाई पराजित गर्दै बैंगलोरको विजयी

२०७७, १३ आश्विन मंगलवारमा प्रकाशित

benglore.jpg

एजेन्सी -रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(२० क्रिकेटमा दोस्रो जित निकालेको छ ।दुबईमा सोमबार राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो ।

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्यो । नवदीप सैनीको सुरुवाती दुई बलमा काइरन पोलार्ड र हार्दिक पान्ड्याले १(१ रन लिएनु भयो । तेस्रो बलमा पोलार्डले डट खानु भयो । चौथो बलमा पोलार्डले चौका प्रहार गर्नु भयो । पाँचौ बलमा भने उहाँ क्याचआउट हुनु भयो । अन्तिम बलमा हार्दिकले १ रन लिनु भयो ।

जवाफमा मुम्बईका जसप्रित बुमराहविरुद्ध बैंगलोरका कप्तान विराट कोहली र एबी डी भिलियर्स ब्याटिङमा आउनु भएको थियो । पहिलो बलमा एबीले एक रन जोड्नु भयो । दोस्रो बलमा कोहलीले पनि १ रन लिनु भयो । तेस्रो बलमा रन हुन सकेन । चौथो बलमा डी भिलियर्सले चौका प्रहार गर्नु भयो । पाँचौ बलमा १ रन लिएपछि कोहलीले अन्तिम बलमा चौका प्रहार गर्दै ब‌ैंगलोरलाई जित दिलाउनु भयो ।

यसअघि त्यसअघि जितका लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेटको क्षतिमा २०१ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

मुम्बईका लागि इशान किशनले ९९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै केइरन पोलार्डले अविजित रहदै ६० रन बनाउनु भयो । कप्तान रोहित शर्मा ८ रनमा आउट हुँदा हार्दिक पाण्ड्याले १४ र क्विनटन डी कक १४ रनमा आउट हुनु भयो ।

बैंगलोरका इशुरु उडानाले २ विकेट लिनु भयो । एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले १र१ विकेट लिनु भयो ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्स, देवदत्त पाडीक्कल र आरोन फिन्चले अर्धशतकीय इनिङ्स खेल्नु भयो । डी भिलियर्सले अविजित रहदै ५५ अर्धशतकीय इनिङ्स खेले । यस्तै पाडीक्कलले ५४ रन जोड्दा फिन्चले ५२ रन बनाउनु भएको थियो ।

शिबम डुबे २७ रनमा अविजित रहनु भयो । कप्तान विराट कोहली ३ रनमा आउटहुनु भयो। मुम्बईका ट्रेन्ट बोल्टले २ तथा राहुल चाहरले १ विकेट लिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,