Connect with us
Kapilvast Forest

आर्सनलमाथि लिभरपुलको सहज जित

२०७७, १३ आश्विन मंगलवारमा प्रकाशित

एजेन्सी-इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुल विजयी भएको छ । सोमबार रातिको खेलमा लिभरपुलले आर्सनललाई ३(१ ले पराजित गरेको हो ।

एनफिल्डमा सोमबार राति भएको खेलमा लिभरपुललाई जिताउन फरवार्ड साडियो माने, एन्ड्रिउ रोबर्टसन र डिएगो जोटाले गोल गर्नु भयो ।

खेलको २५औं मिनेटमा एलेक्सान्डर लाकाजेटको गोलबाट आर्सनलले अग्रता लिन सफल भयो । २८औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउनु भयो । ३४औं मिनेटमा एन्ड्रिउ रोबर्टसनले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाउनु भएको थियो ।

८०औं मिनेटमा मानेको स्थानमा मैदान छिरेका जोटाले ८८औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाउनु भयो ।

लगातार तेस्रो जितसँगै लिभरपुल ९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित आर्सनल ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,