Connect with us
Kapilvast Forest

भाउजुको हत्या गर्ने देवर २३ दिनपछि पक्राउ

२०७७, १३ आश्विन मंगलवारमा प्रकाशित

लमजुङ-

भाउजु नाता पर्नेलाई हत्या गरेको अभियोगमा लमजुङ प्रहरीले एकजना अभियुक्तलाई घटनाको २३ दिनपछि पक्राउ गरेको छ । गत भदौ २३ गते बिहान अन्दाजी ७ बजेको समयमा क्व्होलासोंथार गाउँपालिका वडा नं. ९ गिलुङ बस्ने ५९ बर्षीया बिमाया भन्ने बुद्धिमाया बि.क. आफ्नै घरमा शंस्कापद रुपमा मृत अवस्थामा फेला परेको थियो । उक्त घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापा सहितको प्रहरी अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो ।

मृतक आफ्नै घरको कोठाको भुईमा टाउँकोमा चोट रही रगताम्य अबस्थामा फेला परेकोमा उनको मृत्यु कर्तव्यबाट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि घटनाको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गरिएको थियो । प्रहरी अनुसन्धानबाट आइतबार मृतककै देबर नाता पर्ने क्व्होलासोंथर गाउँपालिका वडा नं.९ बस्ने ५७ बर्षीय बिलबहादुर बि.क. लाई नियन्त्रणमा लिई सोधपुछ गरिएको थियो । सोधपुछका क्रममा उनले भदौ २० गते राती अन्दाजी ९ बजेको समयमा मृतक भाउजु नाता पर्ने बिमाया भन्ने बुद्धिमाया बि।क। लाई टाउकोमा दाउरा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो ।

उनलाई प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको थियो । उनलाई सोमबार जिल्ला अदालतबाट २० दिनको म्याद थप गरेर थप अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । ती महिला घरमा एक्लै बस्दै आएकी थिइन् । गोरखापत्र दैनिकबाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,