Connect with us
Kapilvast Forest

मिठाई पसलमा छापा मार्दा , फोहोर मिसाएको भेटिएपछि बिक्रीमा रोक

२०७७, १३ आश्विन मंगलवारमा प्रकाशित

 

काठमाडौं – काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी स्वीट्स एण्ड चाटमा छापा मार्दै अनुगमान टोलीले रसबरी, लालमोहन र जेरी लगायतका मिठाईमा अत्याधिक फोहोर मिसाइएको भन्दे नष्ट गरिदिएको छ ।

बजार अनुगमन टोलीका अनुसार मिठाई पसलमा पकाएर बेच्न राखिएका मिठाई जन्य खाद्य पदार्थ फोहोर रहेको र पसलमा सरसफाई नभएकोले एक हप्ताको लागि बिक्री वितरणमा पनि रोक लगाइएको छ ।

अनुगमनका क्रममा लक्ष्मी स्वीट्स एण्ड चाटमा मिठाई पकाउने तेल ढडेको मोबिलजस्तो पाइएको र मिठाई खान अयोग्य देखिएको हो । मिठाई पसल सञ्चालकलाई पसलको राम्रो सरसफाई गरेर एक हप्तापछि महानगरपालिकाको निर्देशन बमोजिम मात्रै सञ्चालन गर्न निर्देशनसमेत दिइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,