Connect with us
Kapilvast Forest

बाँकेमा कोरोनाका कारण थप २ को मृत्यु,बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

२०७७, १३ आश्विन मंगलवारमा प्रकाशित

medical-collage-kohalpura nepalgung.

बाँके -जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मंगलबार बिहान २ जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नम्बर १० निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, इको विभागमा कार्यरत ४१ वर्षीय पुरुष निमोनियाबाट ग्रसित थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत भदौ ३१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेशन वार्डमा भर्ना गरी उपचार गर्दासमेत बिरामीको अवस्थामा सुधार आउन सकेको थिएन । उपचारमा क्रममा उनको बिहान ३ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृतसमेत रहनुभएका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै, शिक्षण अस्पताल कोहलपुरमै उपचाररत कोरोना अर्का कोरोना संक्रमित कोहलपुर वडानम्बर १० निवासी ५३ वर्षीय पुरुषको पनि उपचारकै क्रममा मंगलबार बिहान ४ः१५ बजे अस्पतालमै मृत्यु भएको छ । उनी पनि निमोनियाबाट ग्रसित रहेको र स्वास्थ्यमा समस्या देखिएपछि असोज ४ गते अस्पताल भर्ना गरिएको थियो ।

उनको स्वाब परीक्षण गर्दा असोज ६ गते कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो । श्रेष्ठकाअनुसार कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेशन वार्डमा भर्ना गरी उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार शव व्यवस्थापनका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले समन्वय र तयारी गरिरहेको छ । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,