Connect with us
Kapilvast Forest

ओली–दाहालबीच आज पनि छलफल

२०७७, १३ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं-मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल निरन्तर चलिरहेको छ ।आज पनि छलफल सुरु भएको छ। दाहालका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्षबीच छलफल भइरहेको जानकारी दिनु भयो ।

मन्त्रिपरिषद् पुनर्गठनकै लागि ओली र दाहालबीच गत बिहीबारदेखि नियमित छलफल भइरहेको छ । यसअघि सोमबार पनि ओली–दाहालबीच छलफल भएको थियो। करिब ३ घण्टासम्म भएको छलफलमा ठोस सहमति हुन सकेन।

मन्त्रिपरिषद् पुनर्गठन कुन विधि, प्रक्रियाबाट गर्ने, मापदण्ड के बनाउने भन्ने विषयमा अध्यक्षद्वयबीच सहमति जुटन् सकिरहेको छैन।४ असोजमा बसेको नेकपाको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले प्रधानमन्त्री बाहेकका सबै मन्त्रि हटाएर नयाँलाई बनाउनुपर्ने धारणा छ ।तर, ओली कार्यसम्पादनका आधारमा कमजोरलाई हटाएर बाँकी नयाँ थप्ने पक्षमा रहनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,