Connect with us
Kapilvast Forest

ब्रोइलरका चल्लालाई रङ्ग लगाएर ‘लोकल’ भन्दै बिक्री गर्ने पक्राउ

२०७७, १३ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं-ब्रोइलर कुखुराका चल्लालाई काठमाडौंको कलंकीमा  मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै महङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिकलाई प्रहरी पक्राउ गरेको छ ।

काठमाडौँको कंलकीमा नक्कली लोकल कुखुराको बिगबिगि मच्चिए पछि प्रहरीले सो विषयमा अनुसन्धान सुरु गरेको थियो । बोईलर कुखुराको चल्लालाई कालो रातो मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै महंगोमा विक्री गर्ने समूह सक्रिय भएपछि कंलकी र काठ क्षेत्रमा यस्तो बिगबिगी मच्चिएको पाइएको हो ।

यसरी बोईलर कुखुरालाई मेहँन्दी लगाएर विभिन्न किसिमको कृतिम रङ्ग लगायदै लोकल बनाउदै बिक्री गर्दै आएका भारती नागरिकहरूलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेको छ ।सेतो चल्लालाई कालो रातो रङ्ग लगाउदै गर्दा काठमाडौं कंलकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान,सुनिता जैसवाल,चन्दा देवी शाह कालीमाटी बृत्तले पक्राउ गरेका छ ।

करिव अन्दाजी २० हजार गोटा तयारी तथा रङ्ग लगाउन बाकी चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालीमाटी प्रमुख डिएसपी अपिल राज बोहराले बताउनुभयो ।प्रहरीले कुल २८ हजार ६ सय चल्लाको बरामद गरेको छ । जस मध्ये ३ हजार ६ सय ५० चल्लामा कलर गरिएको हो । बोईलर भन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा विक्रि हुदो रहेछ त्यहि भएर चल्ला ल्याउदै महङ्गोमा गरिहेको पाइयो, उहाँले भन्नुभयो ।

उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्र लोकल,गिरिराज,कोईलर भन्दै १० रूपयामा गरिद गरि ल्याएको चल्ला दुई सय देखि ३ सय सम्म विक्रि वितरण गर्दै आईरहेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,