Connect with us
Kapilvast Forest

नेपालकै ठूलो रङ्गशाला पाेखरा रङ्गशाला निर्माणकाे काम ८६ प्रतिशत सकियाे

२०७७, १३ आश्विन मंगलवारमा प्रकाशित

कास्की – निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय रङ्गशालाकाे भौतिक निर्माणको कार्यप्रगति ८६ प्रतिशत सम्पन्न भएको छ ।एक अर्ब २८ करोड ५० लाख रुपैयाँकाे लागतमा निर्माण भइरहेको रङ्गशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो । माछापुच्छ्रे हिमालको फेदमै निर्माणाधीन यो रङ्गशाला तयार भएपछि नेपालकै ठूलो रङ्गशाला हुनेछ ।

pokhara_stadium_1_Gpy7JrSSDH

पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले पछिल्लो समय निर्माण सामग्रीको अभावमा केही कामहरु रोकिएको बताउनुभयो ।

भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माण कार्य रोकिएको उहाँले बताउनुभयो । स्टेडियमको पश्चिमतर्फ भीआईपी सिटमध्येको छानो निर्माणको काम पनि रोकिएको छ । अहिले पोखरा रङ्गशाला निर्माणमा २० जना नेपाली कामदारले काम गरिरहेको उहाँले बताउनुभयो ।

pokhara-biman-stal2.jpg

 

चेन्जिङ्ग रुम, मिडिया सेन्टरलगायतको काम सकिएको उहाँले बताउनुभयो । अब छतसँगै बिजुली जडान गर्ने काम बाँकी रहेको छ । स्टेडियमको चारैतिरको पिच निर्माणाधीन अवस्थामा रहेको छ भने भने १७ वटा शौचालय निर्माण भइसकेका छन् ।

 

pokhara_biman-stal1.jpg

ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम चलिरहेकाे छ । गएकाे मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन भएकाे १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका केही खेल यही पोखरा रङ्गशालामा भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,