Connect with us
Kapilvast Forest

शितगंगामा फेरी अर्को गाउँ भासियो राहत बोकेर पुगे मेयरअधिकारी

२०७७, १३ आश्विन मंगलवारमा प्रकाशित

अर्घाखाँची-शितगंगा नगरपालिका यति बेला पहिरोको कारण बिपतमा परेको छ ९ गते वडा नम्बर १२ को जोख्लेगैरामा पहिरोमा भासिएर २६ घर ढले गाँउ नै पहिरोमा परे पछि चारै तर्फ चर्चा भयो विभिन्न स्थानबाट राहत उद्धारमा खटे पनि वडा अध्यक्ष बाबुराम गैरे अहिले पनि पिडितका बचेका सामान ओसार्न तथा राहत संकलन र बितरणमा ब्यस्त छन ।

यस्तै खालको घटना शितगंगा नगरपालिकाको वडा नम्बर ११ मा समेत देखिएको छ ११ नम्बर वडाको ढुङ्गेसेरा गाउको माथी बाट जमिन चिराचिरा परेको छ भने माथी बाटै भासिदै गाउँ तर्फ गएको छ ।

वडा नम्बर ११ मा ७ घर पुर्ण क्षतिनै भएको छ भने १०० भन्दा बढि घरहरु चर्किएको भासिएको स्थानमै रहेका छन जहाँ बस्न उनिहरुलाइ निकै जोखिम देखिएको छ ।

उत्त क्षेत्रको शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले अनुगमन गर्दै १२ नम्बरको भन्दा ३ गुना बढी क्षेत्र खतरामा रहेको बताउनु भयो ।

ढुङगेसेरा गाउमा माथीबाटनै तलको गाउँ तर्फ ठुलो क्षेत्रफलमा भासिदै गएको छ । टाडा टाडा बस्ति भएकोले घरहरुमा कम क्षति भए पनि जोखिममा धेरै घरहरु परेका छन दजनौ घर चर्किएका छन भने अधिकांसका खेतमा लगाएको धान नस्ट भएको छ ।

गाँउको बिचबाट बग्ने खोला अहिले अग्लोडाँडो भएको छ भने उत्त खोलामा बग्ने पानी गाँउको सिरानमा छेकिएर जम्मा भएको छ । यतिबेला गाँउलेहरु पालो गरेर सुत्ने गरेका छन हरेक दिन केही क्षेत्र भासिने गरेको स्थानियहरुले बताएका छन ।

पहिरोको जोखिममा रहेका स्थानियहरुले आफुहरु त्यहा बस्न सक्ने अबस्थामा नरहेको बताएका छन सुरक्षित स्थानमा सार्ने तर्फ ध्यान दिन उनिहरुले अनुरोध समेत गरेका छन ।

शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले उत्त क्षेत्रमा पुगेको क्षतिको स्थलगत अनुगमन गर्दै भासिएको क्षेत्रको तल र माथी दुबै तिर बस्न उच्च जोखिम रहेको बताउदै बस्ति सार्नुको बिकल्प नरहेको बताउनु भयो ।

त्यसको लागि नगरपालिकले जग्गाको ब्यवस्थापन गर्न तत्पर रहे पनि देशको कानुनले हरेक स्थानमा बसाल्न सक्ने अबस्था नरहेकोले यसमा प्रदेश तथा केन्द्र सरकारले सहयोग गर्नु पर्ने बताउनु भयो ।

“नगरपालिका क्षेत्रमा प्राप्त सरकारी जग्गा छैन बस क्षेत्रमा कानुनले मान्दैन हामी के गर्ने ”नगर प्रमुख अधिकारीले बताउनु भयो आफ्नो जनताको लागि आफु हरेक स्थानको जग्गा शिफारिस गर्न तयार रहेको बरु जेल जानपरे जाने तर नगरपालिकाले तोकेको जग्गामा सरकारले रोक नलगाएमा बिभिन्न क्षेत्रमा बस्ति सार्न तयार रहेको बताउनु भयो ।

ढुङगेसेरामा पुर्ण रुपमा बिस्तापित भएका घर परिवार लाई जिल्ला प्रशासनले प्रति परिवार ५ जना सम्म लाई १५ हजार र ६ भन्दा माथी लाई २० हजारका दरले तत्काल सहयोग गरेको छ भने नगरपालिकाले समेत प्रति परिवार २५ राहत प्रदान गरेको छ । व

डा नम्बर ११ को क्षतिको स्थलगत अनुगमन गर्दै प्रदेश सभा सदस्य रामजी घिमिरेले समेत प्रदेश सरकारको तर्फ बाट जग्गा ब्यवस्थापन र सहयोग उपलब्ध गराउन पहल गर्ने बताउनु भयो प्रदेका मुख्यमन्त्रीलाई यो बिपतको बिषयमा जानकारी गराएको र यसमा मुख्यमन्त्रीले चासो समेत देखाएको घिमिरेले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,