Connect with us
Kapilvast Forest

साढे दुई करोड कोरोना खोप नेपाल आउने सरकार बेखवर व्यापारीले ल्याउने

२०७७, १४ आश्विन बुधबारमा प्रकाशित

corona

काठमाडौं ।- नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको साढे २ करोड डोज खोप नेपाल आउने खबरले मंगलबार एकाएक बजार तात्यो । यस्तो खबर आउनुको कारण हो, रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले गरेको घोषणा ।

रुसले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–५ नेपाल ल्याउनका लागि सहमति भएको छ । दुई करोड ५० लाख खोप नेपाल ल्याउनका लागि रसियन टाइरेक्ट इन्भेस्टमेन्ट फण्ड (आरडीआईएफ) र नेपालको ट्रिनिटी फर्मास्युटिकल्स कम्पनीबीच सम्झौता भएको आरडीआईएफ विज्ञप्तिमा भनिएकाे छ ।

corona

आरडीआईएफले भनेको छ, ‘नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सलाई २५ मिलियन अर्थात साढे २ करोड ‘स्पुतनिक–भी’ दिन सहमत भएका छौं ।’

कोभिडविरुद्ध रसियाले परीक्षण गरिरहेको खोप ‘स्पुतनिक फाइभ’ नेपाल आउने समाचार विश्वभर फैलिएको छ । सरकारी पहुँच प्रयोग गरेर एक निजी कम्पनीले व्यापारका लागि खोप ल्याउने सम्झौता गरेको छ । महामारीविरुद्धको खोप ल्याउने र निःशुल्क वितरण गर्ने जिम्मेवारीबाट सरकार पछि हटेको छ

covid 19

भी’ नोवेल कोरोना भाइरसविरुद्धको भ्याक्सिन हो । यो भ्याक्सिन आरडीआईएफको सहयोगमा सञ्चालित गामालेया नेशनल रिसर्च सेन्टरले उत्पादन गर्दैछ ।

रसियन खोप नेपाल आउने समाचार अमेरिकी च्यानल सिएनएनदेखि इन्डिया टुडेलगायतका भारतीय मिडियाले पनि प्रकाशित गरेका छन् । तर, नेपाल सरकारका आधिकारिक निकायहरू औचारिक रूपमा जानकार छैन ।

यो सम्झौताले नेपालको ९० प्रतिशत जसङ्ख्यासम्म स्पुतनिक–५ खोपको पहुँच पुग्ने र त्यहाँ रहेका क्लिनिकहरुलाई सुरक्षित र प्रभावकारी रुपमा कोरोना भाइरसको खोप उपलब्ध हुनेछ ।

यो खोपको क्लिनिकल परीक्षणका क्रममा कुनै साइड इफेक्ट नदेखिएको बताइएको थियो । यो खोप सुरक्षित देखिएको र मानिसको प्रतिरक्षा प्रणालीलाई थप बलियो बनाउने सङ्केत दिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको थियो ।

corona

एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोपलगायतका ५० भन्दा धेरै देशले स्पुतनिक–५ को लागि आवेदन दिएका थिए । आरडीआईएफले यसअघि मेक्सिकोमा तीन करोड २० लाख, ब्राजिलमा पाँच करोड, भारतमा दश करोड र उज्वेकिस्तानमा तीन करोड २० लाख खोपको लागि सम्झौता भइसकेको बताएको थियो ।

सम्झौतापछि आरडीआईएफका सीईओ किरिल दिमित्रेभले भन्नुभयो, ‘ट्रिनिटी फर्मास्युटिकललाई सम्झौताका लागि धन्यवाद, नेपालका झण्डै ९० प्रतिशत जनसङ्ख्यालाई स्पुतनिक–५ उपलब्ध गराइनेछ ।’

ट्रिनिटी फर्मास्युटिकलका निर्देशक किशोर अधिकारीले भन्नुभयो, ‘रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्डसँग सहकार्य गर्न पाउँदा खुसी छौँ । ट्रिनिटी स्पुतनिक–५ को अन्तिम परीक्षणको नतिजा कुरिरहेको छ । नेपाल सरकारले मञ्जुरी दिएलगत्तै खोप उपलब्ध गराइनेछ ।’

बजार हल्ला चलेजस्तै स्पुतनिक–भी नेपाल आउने भएको हो त ?

दोस्रो चरणको परीक्षण पुरा हुनासाथ गत साउन अन्तिम साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्ध रुसले पहिलो भ्याक्सिन बनाएको घोषणा गरेका थिए । त्यसयता ‘स्पुतनिक–भी’ चर्चामा छ । तर यसले अझै परीक्षणको सबै चरण पुरा गरिसकेको छैन ।

‘स्पुतनिक–भी’ को तेस्रो चरणको परीक्षण आगामी अक्टोबर–नोभेम्बरमा पूरा हुने अपेक्षा गरिएको छ । यो परीक्षणबाट ‘स्पुतनिक–भी’ कोरोना भाइरसविरुद्ध प्रभावकारी भएको प्रमाणित भएका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले उत्पादनका लागि स्वीकृति दिनेछ ।

covid vaction

उत्पादन भएपछि नेपालमा ल्याउन र प्रयोग गर्न पनि नेपाल सरकारको अनुमति लिनुपर्छ । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार कुनै पनि औषधि वा खोप ल्याउन आयातकर्ताले विभागमा निवेदन दिनुपर्छ ।

नेपालमा प्रयोग गर्न स्वीकृति दिएको औषधि वा भ्याक्सिन छ भने मात्रै विभागले सम्पूर्ण कागजी प्रकिया सुरु गरेर ल्याउन अनुमति दिन्छ ।

corona

औषधि व्यवस्था विभागका प्रवक्ता केसी भन्छन्, ‘कुनै कम्पनीले भ्याक्सिन ल्याउँछु भन्दैमा ल्याउन पाइहाल्छ भन्ने छैन । त्यसको लामो प्रकिया पूरा गर्नुपर्ने हुन्छ र स्पुतनिक–भीका लागि त हामी कहाँ कुनै पनि प्रक्रिया नै सुरु भएको छैन ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले पनि स्पुतनिक–भी भ्याक्सिनबारे आफूहरूसँग अहिलेसम्म कुनै छलफल नभएको बताउनु भयो ।

corona

नेपालमा कहिलेसम्म आउँछ होला भ्याक्सिन ? 

अहिलेको प्रक्रियाअनुसार मोटामोटी भ्याक्सिन नेपाल आउन जनवरी–फेबु्रअरी लाग्छ । भ्याक्सिन आएपछि हामी पछाडि पर्छाैँ कि भनेर हामी क्युमा बसेका हौँ । एलसी खोल्नकै लागि आयात अनुमतिपत्र चाहिन्छ । त्यसकारण सबैबाट स्वीकृत नभई ल्याउने सम्भावना छैन । धेरै प्रक्रिया पूरा हुनै बाँकी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,