Connect with us
Kapilvast Forest

आईपीएल क्रिकेटमा हैदराबादको पहिलो जित, दिल्ली १५ रनले पराजित

२०७७, १४ आश्विन बुधबारमा प्रकाशित

haidarawad

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) त्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ ।यूएइमा चलिरहेको १३ औं संस्करणको खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै जितको सुरुवात गरेको हो । हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनायो ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । सनराइजर्स हैदराबादका लागि जोनी बेयस्टाले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेल्नु भएको थियो । यस्तै कप्तान डेभिड वार्नरले ४५, केन विलियम्सनले ४१, अब्दुल समादले नटआउट १२ र मनिस पाण्डेले ३ रन बनाउनु भयो ।

छैटौं स्थानमा रहेको हैदराबाद अघिल्ला दुई खेलमा पराजित भएको थियो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा हैदराबाद कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।

जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीको यो पहिलो हार हो । दोस्रो स्थानमा रहेको दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,