Connect with us
Kapilvast Forest

भारतका उपराष्ट्रपति नायडूलाई कोरोना सङ्क्रमण

२०७७, १४ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं– भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गरेर उहाँको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको हो । उहाँलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ । उहाँकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

यसअघि दिल्लीका उप मुख्यमन्त्री मनिष सिसोदियाको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो ।

गएको २४ घण्टामा भारतमा साढे ८० हजारमा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या ६२ लाख नाघेको छ । जसमध्ये ५१ लाख ८४ हजार निको भएका र साढे ९७ हजारको कोरोना सङ्क्रमणका कारण ज्यान गएको वल्डोमिटरले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,