Connect with us
Kapilvast Forest

मलेसियामा अपहरण गरेको अभियोगमा डेबिड काठमाडौंबाट पक्राउ

२०७७, १४ आश्विन बुधबारमा प्रकाशित

pakrau fiture

 

काठमाडौं-नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।

मलेसियामा नेपालीलाई अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा उनलाई मंगलबार साँझ महाराजगन्ज क्षेत्रबाट पक्राउ गरेको हो । ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार उहाँविरूद्ध गत जुन महिनामा मलेसियामा अपहरण गरेको कसुरमा जाहेरी छ।

मलेसियामा आफ्नो रेष्टुरेन्टमा काम गर्ने दाङका मोहम्मद रैदासलाई उहाँले सात दिन अपहरण गरी शरीर बन्धक बनाएको जाहेरी परेको थियो । पाण्डेका अनुसार डेबिडले १५ लाख रुपैयाँ मागेको फिरौती छ ।श्रेष्ठले मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आउनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,