Connect with us
Kapilvast Forest

कोरोना संक्रमित गर्भवतीको शल्यक्रियामार्फत् छोरा जन्मियो

२०७७, १४ आश्विन बुधबारमा प्रकाशित

mother
प्रतिनिधिमुलक तस्बिर

वीरगञ्ज -वीरगञ्ज रामगढवाकी–२६ वर्षीया कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । बिहान ६ बजेर ४० मिनेटमा शल्यक्रिया मार्फत बच्चा निकालिएको हो ।

वीरगञ्ज हेल्थ केयर अस्पतालको प्रसूति विभागको टोलीले बिहान उनको शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि आमा र छोरा दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालमा मंगलबार रातिदेखि पेट दुख्न थालेपछि बिहान शल्यक्रियाको लागि हेल्थ केयर पठाइएको थियो । तीन वर्षअघि पनि उहाँले शल्यक्रिया मार्फत छोरा जन्माउनु भएको थियो ।

कोरोना अस्पतालले भर्ना लिन नमानेपछि अक्सिजन लगाएर घरमै राखिएको थियो । उहाँमा गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,