Connect with us
Kapilvast Forest

कसैको दवावमा वर्दिको शान घटाउन्न :प्रहरी निरिक्षक गुरुङ

२०७७, १४ आश्विन बुधबारमा प्रकाशित

prahari-nirichhak-grung.jpg

कपिलवस्तु -इलाका प्रहरी कार्यालय वाणगंगा २ पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले कसैको दवावमा वर्दिको शान घटाउने काम नगर्ने बताउनुभएको छ ।

पिपराका प्रहरी निरिक्षकको जिम्मेवारी समाल्नु भएको गुरुङले आफनो क्षेत्रमा भएको अबैध गतिबिधीको अन्त्य र नागरिक प्रतिको जिम्मेवारी बहन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

उहाले जिल्लाको बाणगंगा क्षेत्रमा व्यापक नदिजन्य पदार्थ , काठपात, धनमाल चोरी डकैती , तस्करी हुने जस्ता बिषयमा आफुलाई जानकारी आएकाले यस्ता समस्या रोक्न आफु कतिबद्ध रहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । गुरुङले हरेक समस्यााइ समधान गर्न डटेर लाग्ने र हरेक किसिमका समस्याहरुमा तत्काल कडा एक्सन लिने आफनो कर्तब्य रहेको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय पिपरामा हाजिर भएको तीन दिनमै आफुलाई समुदायबाट धेरै गुनासाहरु आएकोले समस्या सामाधानको लागि आफू जुटेको बताउनुभयो । यस्तै पत्रकार सम्मेलनमा उहाँले समाजमा घटेका घटनालाइ नलुकाइ हरेक बिकृति विसंगती, अन्याय, अत्याचार, अपराधहरुको बारेमा समयमा प्रहरीलाई सूचना दिन पनि आम जनता र सञ्चार माध्यमलाई समेत आग्रह गर्नु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,