Connect with us
Kapilvast Forest

सरकारको विरोधमा कांग्रेसले देशभर आन्दोलन गर्ने

२०७७, १४ आश्विन बुधबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्बिर

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सामाजिक दुरी कायम गरेर सरकारविरूद्ध देशव्यापी आन्दोलन गर्ने तयारी गरेको छ।सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको उहाँ निकटका नेताहरुको बैठकले सरकारका पछिल्ला गतिविधिका बारेमा आन्दोलनमा जाने विषयमा छलफल भएको थियो । आगामी १९ गते बस्ने केन्द्रीय समितिको बैठकमा यसबारे प्रस्ताव लैजाने र केन्द्रीय समितिको बैठकले नै आन्दोलनका बारेमा निर्णय लिने सहमहामन्त्री डा. प्रकाशरण महतले जानकारी दिनु भयो ।

बूढानिलकण्ठमा देउवा समूहका नेतामात्रै छलफलमा थिए । बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दर्ता गराएको ज्ञापनपत्रका बारेमा १९ गते नै जानकारी गराउने पनि निष्कर्ष निकालेको छ ।

त्यसैगरी केन्द्रीय समितिको बैठकबाटै संसद्को विशेष अधिवेशन आह्वानका लागि सरकारलाई दबाब दिने कार्यक्रम पनि तय गर्नुपर्ने निष्कर्ष देउवा समूहका नेताहरुको रहेको थियो ।

देउवाले महाधिवेशनका मुखमा विभागलगायत गठन गरेकोमा पौडेल समूहको विरोध छ। केन्द्रीय समिति बैठक बस्नु अगाडि नै आफूहरूले उठाएका एजेन्डामा सभापतिले जवाफ दिनुपर्ने पौडेल पक्षको माग थियो।

आजको पदाधिकारी बैठकमा महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव उपस्थित थिएनन्। तर पूर्वउपसभापति गोपालमान श्रेष्ठको भने सहभागी रहेको थिएन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,