Connect with us
Kapilvast Forest

काठमाडौँ उपत्यकामा थपिए ९०२ संक्रमित

२०७७, १४ आश्विन बुधबारमा प्रकाशित

kaathmandu

काठमाडौँ- काठमाडौँ उपत्यकामा कोरोना संक्रमित थपिने दर बढेको छ ।बितेको २४ घण्टामा काठमाडौँ जिल्लामा ६९७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका ३ जिल्लामा ९०२ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा २७४ महिला र ४२३ पुरुषसहित ६९७ संक्रमित थपिएका छन् ।

त्यस्तै भक्तपुरमा ५३ महिला र ४० पुरुषसहित ९३ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा ४६ महिला र ६६ पुरुषसहित ११२ जनामा कोरोना पुष्टि भएको छ ।बितेको २४ घण्टाको अविधमा देशभर १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ७ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ ।

आजै १ हजार ५७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जितेर घर फर्कनेको संख्या ५६ हनार ४२८ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ८९१ पुगेको छ ।मन्त्रालयका अनुसार २० हजार ८९१ जना आइसोलेसनमा छन् भने ५ हजार ४२८ जना क्वारेन्टिनमा छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,