Connect with us
Kapilvast Forest

वामदेव विरुद्ध परेको रिटको सुनुवाइ आज सकिएन,शुक्रबारका लागि ‘हेर्दाहेर्दै’मा

२०७७, १४ आश्विन बुधबारमा प्रकाशित

bamdev

काठमाडौं- नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको नियुक्तिविरूद्ध परेको रिटमाथिको सुनुवाइ शुक्रबारलाई सरेको छ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बुधबार सुनुवाइ भएकोमा वकिलहरूको बहस नसकिएका कारण मुद्दालाई शुक्रबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमको नियुक्ति बदर गर्न माग गर्दै असोज ५ गते दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै ७ गते न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले थप संवैधानिक नियुक्ति नदिन आदेश गर्दै बुधबार संवैधानिक इजलासमा थप सुनुवाइ गर्न आदेश दिएको थियो।

बुधबार रिट निवेकदकका तर्फबाट त्रिपाठी, अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरि उप्रेतीलगायतले बहस गरेका थिए। गौतमको तर्फबाट महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले बहस गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,