Connect with us
Kapilvast Forest

काठमाडौंमा ग्यास सिलिन्डर विस्फोट हुँदा पाँच जना घाइते

२०७७, १४ आश्विन बुधबारमा प्रकाशित

gass blst
सांकेतिक तस्बिर

काठमाडौँ- एलपी ग्यास विस्फोट हुँदा काठमाडौंको कागेश्वरीमा बुधबार ५ जना घाइते भएको महानगरीय प्रहरीले जनाएको छ ।  घाइते हुनेहरूमा ५२ वर्षीया मीना खड्का, ४५ वर्षीया सुनीता कार्की, ३१ वर्षीया माला कार्की, २७ वर्षीय रमेश कार्की र १२ वर्षीय पर्वत कार्की रहेको प्रहरीले जनाएको छ छन।

घाइतेमध्ये पर्वतलाई आगोले पोलेर घाइते भएकाको उपचार हुने कीर्तिपुरस्थित अस्पतालमा उपचारका लागि रेफर गरिएको छ। उहाँलाई आगोको लप्काले पोलेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायव उपरीक्षक(डीएसपी )दक्ष बस्नेतले बताउनु भयो । अन्य घाइतेहरूको मदरल्याण्ड हस्पिटल पेप्सीकोलामै उपचार भइरहेको छ।

डेराका लागि दिएको कोठामा ग्यास लिक भएको जस्तो आवाज आएपछि गएर ग्यासको रेगुलेटर अनरअफ गर्ने क्रममा ग्यासबाट आगो उठी विस्फोट भएको बताइएको छ।विस्फोट दिउँसो साढे ३ बजेतिर भएको हो।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,