Connect with us
Kapilvast Forest

क्रिकेट खेलमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको अभियोगमा ३ जना पक्राउ

२०७७, १४ आश्विन बुधबारमा प्रकाशित

pakrau fiture

काठमाडौ-यूएईमामा आयोजना भइरहेको ईन्डियन प्रमियर लिग (आइपीएल) क्रिकेट खेलमा अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१५ भट्टीमोड बस्ने ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ वर्षीय बैजनाथ साह र सोही महानगरपलिका-१७ रानी बस्ने ४२ वर्षीय जगदिश साहलाइ पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सत्यजितलाई मोबाईल फोनबाट आइपीएल खेल हार्ने वा जित्ने भनी अनलाईनमार्फत सट्टाबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न बैजनाथ र जगदिशलाई समेत प्रहरीले पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट नगद ६० हजार रुपैयाँ, ३ थान मोबाइल, १ थान ल्यापटप र १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।पक्राउ व्यक्तिहरू उपर जुवा वा सट्टाबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,