Connect with us
Kapilvast Forest

कपिलवस्तुका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

२०७७, १४ आश्विन बुधबारमा प्रकाशित

  • न्युजसेन्टर नेपाल-

 कपिलवस्तु-सामाजिक सेवा क्रियाशिल मधेश मानव अधिकार गृहको नेतृत्वमा कपिलवस्तुका सुरक्षाकर्मीलाई स्वास्थ्य तथा सरसफाई सामाग्री वितरण गरिएको छ । युके एडको आर्थिक सहयोग र भिएसओ तथा इन्टरनेशनल आलर्ट र माहुरी होमको सयुंक्त साझेदारीमा सञ्चालित सहज परियोजना अन्र्तगत सुरक्षाकर्मीलाई स्वास्थ्य तथा सरसफाई सामाग्री प्रदान गरिएको छ ।

सहज परियोजना अन्तर्गत बुधबार कपिलवस्तुको इलाका प्रहरी कार्यालय महाराजगंजमा स्वास्थ्य तथा सरसफाई समाग्री वितरण गरिएको छ । महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले उक्त सामाग्री प्रहरीलाई हस्तान्त्रण गर्नु भएको हो । नगर प्रमुख कलामले इलाका प्रहरी कार्यालय महाराजगंजका प्रमुख होम बहादुर पुनलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गर्नु भएको हो ।

माहुरी होमले यस कोरोना महामारीको विच प्रहरीलााई स्वास्थ्य सामाग्री दिनु राम्रो कार्य भएको नगर प्रमुख कलामले बताउनु सहज परियोजना अन्र्तगत सुरक्षाकर्मीलाई स्वास्थ्य तथा सरसफाई सामाग्री प्रदान गरिएको छ ।

सहज परियोजना अन्र्तगत जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय तौहिलवा, वडा प्रहरी कार्यालय चन्द्रौटा, इलाका प्रहरी कार्यालय गोरुसिगें, कृष्णनगर, प्रहरी चौकी मार्यादपुर, तुल्सीपुर बलुहवा, उदयपुर हथिहवा, लवनीका सुरक्षाकर्मीलाई स्वास्थ्य तथा सरसफाई सामाग्री प्रदान गरेको माहुरी होमका आर एन ठाकुरले जानकारी दिनुभयो ।

उक्त स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा रिखीराम निगम, कृष्ण कुमार यादव लगायतको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,