Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराजमा एक प्रेमजोडीले गरे सँगै आत्महत्या

२०७७, १४ आश्विन बुधबारमा प्रकाशित

hanginf file
फाइल तस्बिर

कपिलवस्तु-कपिलवस्तुको शिवराजनगरपालिका–१ उमरीमा एक जोडीले आत्महत्या गरेका छन् । परिवार र समाजले आफूहरुलाई एक हुन नदिएको भन्दै निराश भएर उनीहरुले एउटै रुखमा सलले झुण्डिएर गरेका वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाअनुसार सोमबार राति उमुरीका एक प्रेम जोडीले आपको रुखमा सलले पसो लगाई आत्महत्या गरेको जनाएको छ। २३ वर्षीय रामदेव थारु र २० वर्षीया बिष्णु थारुले आपको रुखमा सलको पासो बनाई अत्महत्या गरेका वडा प्रहरी कायालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताउनु भयो ।

बिगत १ वर्षदेखि दुबै बीच गहिरो प्रेममा रहेको र सुरुमा केटा पक्षले केटीको घरमा बिवाहको प्रस्ताव लिएर जाँदा केटीको परिवारले मानेका थिएनन् । प्रेम सम्बन्धका बीच केटा पक्षका अभिभावकले मृतक रामदेवको बुद्धभूमि नगरपालिकाकी एक युवतीसंग बिवाह गराए पछि प्रेम वाधक बनेको थियो ।

सो बिवाह पश्चात् पनि रामेदव र बिष्णु बीच प्रेम सम्बन्ध जारी थियो । बिवाह गरेको केही महिना मै रामेदवले बिष्णुलाई समेत भगाएर घर मै भित्र्याए । त्यसपछि परिवारमा झनै किचलो हुँदै गयो ।

पटक पटक प्रहरीमा उजुरी दिने र पक्राउ गर्ने गरिएपछि निराश बनेका रामेदव र बिष्णुलाइ गत शनिबार पनि रामदेवको परिवारको उजुरीका आधारमा दुबैलाई पक्राउ गरिएको थियो । रामेदवले आफ्नो श्रीमतीलाई घर राख्ने र प्रेमिका बिष्णुलाई आफ्नो घर पठाउने सहमति भएको थियो । पटक पटकको तनावपछि दुबैले एकै साथ मर्ने निर्णय गरे गत सोमबार राति दुबै जनाले भेट गरी आपसी सल्लाह अनुसार आत्महत्या गरेको प्रहरी निरीक्षक खरेलले बताउनु । मुर्न अघि दुबै जनाले आआफ्नो बुवालाई मोबाईलबाट फोन समेत गरेको प्रहरीले जनएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,