Connect with us
Kapilvast Forest

सम्झनाका हत्या आरोपी सार्वजनिक : ७ दिनपछि आफन्तले बुझे शव

२०७७, १५ आश्विन बिहीबारमा प्रकाशित

pakrau fiture

बझाङ-हत्या भएको सात दिनपछि सम्झना विकका आफन्तले उनको शव बुझेका छन् । मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झनाको हत्या भएको सात दिनपछि आफन्तले शव बुझेका हुन् ।

प्रहरीले मंगलबार हत्यारा सार्वजनिक गरेपछि आफन्तले शव बुझेका हुन् । बलात्कारपछि हत्या पुष्टि भएको जिल्ला अस्पताल बझाङले दुई दिन भित्रै रिपोर्ट निकालेको थियो । सम्झनाका आफन्तले दोसीलाई फासी र क्षतिपूर्तीको मागसहित दोसीलाई सार्वजनिक गर्न माग गरेका थिए ।

असोज सात गने साँझ सम्झनाको हत्या भएको थियो । गाईवस्तुलाई घाँस हाल्न गोठ गएकी सम्झनाको शिव मन्दिरमा शव भेटिएको थियो । उनको बलात्कारपछि कुटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

हिजो (मंगलबार) साँझ प्रहरीले दोसीलाई सार्वजनिक गरेको हो । सम्झनाका आफन्तले हत्यारालाई पनि फासी हुनुपर्ने माग गरेका छन् । आफ्नी फूल जस्ती नातिनीको जसरी हत्या गरेको छ दोसीलाई पनि त्यसैगरी फासीको सजाय दिनुपर्ने सम्झनाका हजुरबुवा बताउँछन् ।

बझाङबाट समानुपातिक सासंद आशा कुमारी विकले भन्नुभयो, ‘सामान्य सजायले पुग्दैन, बलात्कारीलाई फासीको सजाय दिनुपर्छ अनि मात्र यस्ता घटनामा रोकथाम हुन सक्छ ।’ नागरिक समाजका अगुवा धर्मजङ सिंहले भन्नुभयो, ‘एकपछि अर्को घटना बढ्दै गएका छन्, पीडकहरु विभिन्न कारणले उम्किँदै छन्, त्यसैले पनि कडा कानूनी व्यवस्था हुनैपर्छ ।’

बझाङका सांसद्, पूर्व सांसद र गृहमन्त्री थापाले यस विषयमा महान्यायाधिवक्तासँग छलफल गरेको सासंद आशा कुमारीले बताउनुभयो । दोसीलाई कडा कारबाही हुनुपर्ने राजनीतिक दल समाजसेवी सबै स्थानीयको माग छ । सम्झनाका आफन्त लाई गृहसचिवले जिल्ला प्रशासन कार्यालयका सहायक सिडियो राम बहादुर सार्कीलाई मौखिक जानकारी गरी १० लाख रुपैयाँ पीडित पक्षलाई उपलब्ध गराउने बताउनुभयो । प्रदेश सरकार र प्रतिनिधि सभालाई पनि आफूले जानकारी गराएको र पीडितका लागि जती सक्दो क्षतीपूर्ति उपलब्ध गराउन आफू लागि पर्ने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,