Connect with us
Kapilvast Forest

कर्मचारीमा कोरोना देखिएपछि दुई बैंक बन्द

२०७७, १५ आश्विन बिहीबारमा प्रकाशित

कञ्चनपुर- कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन् ।

यहाँका बैंक अफ काठमाडौँ र राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंक अफ काठमाडौँमा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि सो बैंकसँगै रहेको राष्ट्रिय बाणिज्य बैंक बन्द गरिएको हो ।

कोरोना सङ्क्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीको पिसिआर जाँच गरी नतिजा नआउँदासम्म बैंकका शाखाको कामकाज बन्द गरिएको नगरपालिकाको वडा नं ४ का वडा अध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो ।

बैंक अफ काठमाडौँका कर्मचारी काठमाडौँबाट फर्केपछि उनीमा ज्वरो देखियो वडा अध्यक्ष ढकालले भन्नुभयो, “पिसिआर चेकजाँच गर्दा नतिजा पोजेटिभ आएपछि अन्य कर्मचारीको पिसिआर चेकजाँच गरी नतिजा नआउँदासम्म शाखा बन्द गर्न आग्रह गरेपछि बन्द गरिएका छन् ।”

उहाँका अनुसार कोरोनाको सङ्क्रमण पुष्टि भएका कर्मचारीको अवस्था सामान्य छ । कोरोनाको सङ्क्रमण देखिएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारी क्वारेन्टिानमा छन् ।

राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखाका प्रवन्धक महेशराज भट्टले सूचना जारी गर्दै बैंकमा कार्यरत कर्मचारीको पिसिआर चेकजाँच गरी नतिजा नेगेटिभ नआउँदासम्मका लागि लागि बैंकको शाखा बन्द हुने बताउनुभएको छ । सेवाग्राहीका लागि एटिएम सेवा भने खुला रहने उल्लेख गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,