Connect with us
Kapilvast Forest

मेरै कार्यकालभित्रै जेष्ठ नागरिक भत्ता पाँच हजार पुर्‍याउँछु : प्रधानमन्त्री ओली

२०७७, १५ आश्विन बिहीबारमा प्रकाशित

Prime-Minister-Kp-Sharma-Oli

काठमाडौं– अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताउनु भएको छ ।

 

‘तत्कालीन नेकपा एमालेको सरकारले एक सयबाट सुरु गरेको भत्ता अहिले तीन हजार पुर्‍याइएको छ,’ उहाँले भन्नु भयो , ‘मैले निर्वाचनअघि नै घोषणा गरेको थिए। फेरि पनि भन्छु मेरै कार्यकालमा पाँच हजार पुर्‍याउँछु।’

उहाँले जेष्ठ नागरिकलाई राज्यले प्रदान गर्दै आइरहेको अन्य सेवासुविधा पनि पर्याप्त नभएको भन्दै समयअनुसार परिमार्जन गर्दै लगिने बताउनु भयो।

‘ध्यान नपुगेको, मन नपुगेर भन्ने होइन। सबै पुगेको छ,’ उहाँले भन्नु भयो सामर्थ्यको सीमाले गर्दा पर्याप्त गर्न सकिएको छैन। यस क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा त्यस्तै छ।’

प्रधानमन्त्रीले आफू जहिले जहिले सरकारमा रहे त्यो समयमै जेष्ठ नागरिकका लागि महत्त्वपूर्ण काम भएको दाबी गर्नु भयो ।

‘पाठ्यपुस्तकमा जेष्ठ नागरिकलाई कसरी सम्मान गर्ने, उनीहरुको संरक्षण कसरी गर्ने भन्ने कुरा समावेश हुन जरुरी छ,’ उहाँले भन्नु भयो, ‘ बालबालिकालाई अहिले देखि नै बुझ्न आवश्यक छ। हामीले यसका लागि सिकाइ, पढाइमा सामेल गराउनुपर्छ।’

जेष्ठ नागरिकको सुरक्षा, जीवनयापना सरल बनाउने विषयमा सरकारले काम गरिरहेको उहाँको भनाइ छ। प्रधानमन्त्रीले आर्थिक विकासका पक्षहरुलाई अघि बढाएर लैजान सके मुलुकको भविष्य उज्ज्वल हुने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,