Connect with us
Kapilvast Forest

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसादलाई कोरोना संक्रमण पुष्टि

२०७७, १५ आश्विन बिहीबारमा प्रकाशित

Govinda-kalauni.jpeg

सुर्खेत- कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बिहीबार उनमा संक्रमण पुष्टि भएको प्रदेश प्रमुखका स्वकीय सचिव चुडामणि कलौनीले जानकारी दिनु भयो ।

प्रदेश प्रमुखको सचिवालयका अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड–१९ को संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा प्रदेश प्रमुखलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश प्रमुखको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव चुडामणि कलौनीले बताउनु भयो । ‘हाल प्रदेश प्रमुख ज्यूको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ उनले भने, ‘उहाँ चिकित्सकको निगरानिमा होम आइसोलेसनमा बस्नुभएको छ ।’

प्रेदश प्रमुखको सचिवालयका अनुसार एक साता पहिले कार्यालयका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती कर्मचारीको सम्पर्कमा आएका पाँचजना कर्मचारीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा थप तीनजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो ।

एकपछि अर्को कर्मचारीमा संक्रमण देखिन थालेपछि बुधबार बिहान प्रदेश प्रमुख कलौनीसहित कार्यालयका सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरिएको र बिहीबार प्रदेश प्रमुखसहित ९ जना कर्मचारीमा संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,