Connect with us
Kapilvast Forest

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघ्यो

२०७७, १५ आश्विन बिहीबारमा प्रकाशित

corona

काठमाडौं-नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या म्न्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुने सुनसरीका ३ पुरुष, काठमाडौँका २ पुरुष, भक्तपुरका १ पुरुष, ललितपुरका १ पुरुष, बाँकेकी १ महिला र रुपन्देहीका ३ पुरुष छन् ।संक्रमित हुनेबाट भएको मृत्यु ० दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा  देशभर थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७९ हजार ७२८ पुगेको छ।

त्यस्तै यस अवधिमा ९६१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा १२ हजार ४४४ जनाको पिसिआर परीक्षण भएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,