Connect with us
Kapilvast Forest

प्रदेश ५ मन्त्रालयको टोली पहिरो प्रभावित क्षेत्रको स्थलगत निरिक्षणमा

२०७७, १५ आश्विन बिहीबारमा प्रकाशित

अर्घाखाँची-अर्घाखाँचीको शितगंगा नगरपालिका वडा न.११को ढुङ्गेसेरा , धानखोला र जावुनेबास का पहिरो प्रभावित क्षेत्रको प्रदेश ५ कोे एक टोलिले स्थलगत निरिक्षण तथा अवलोकन गरेको छ ।

प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव स्थरिय बैठकले पहिरो प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गरि ५ दिन भित्रमा प्रतिवेदन पेश गर्नका लागि भुमि व्यवस्था,कृषि विकास तथा सहकारि मन्त्रालयका अधिकृत देबिराम मरासेनिको संयोजकत्वमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय का नर बहादुर अर्याल ,भौतिक पुर्वाधार विकास मन्त्रालयका ईन्जिनियर प्रविन कुमार र स्वास्थ्य मन्त्रालयका शैलेन्द्र पाण्डे सहितको ४सदस्सिय टोली प्रभावित क्षेत्रमा पठाएको हो ।

टोलीमा वडा अध्यक्ष कोपिला चन्द आले ,वडा सदस्य हरु ईन्द्र बहादुर पल्ली , गणेश पुलामी , वडा सचिव मोदनाथ ज्ञवालि , नेकपा नेता नारायण प्रसाद आचार्य ,नवराज भुसाल स्थानीय मन बहादुर सुनारी ,तारा बहादुर सुनारी ,बोम बहादुर सुनार र बिष्णु भण्डारीको समेत उपस्थिति रहेको थियोे ।

टोलिले ११न।वडाका पहिरो प्रभावितहरुका लागि प्रदेश ५ सरकारले उपलब्ध गराएको ४२थान त्रिर्पाल वडा अध्यक्ष कोपिला चन्द आलेलाई हस्तान्तरण गरेको छ । टोली ११न। पहिरो प्रभावित बस्तिहरु अनुगमन सकाई भोलि वडा न।१२को कोठिया मैदानमा जाने टोलि प्रमुख देबिराम मरासिनीले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,