Connect with us
Kapilvast Forest

प्रदेश ५ को स्थायी राजधानी र नामको अन्तिम तयारी हुदै

२०७७, १५ आश्विन बिहीबारमा प्रकाशित

बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो छिटै लाग्ने बताउनु भएको छ ।

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसदीय मामिला पत्रकार समाज प्रदेश ५ को टोलीसँगको अन्तरक्रियात्मक भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नाम र राजधानीका विषयमा प्रदेशमा सकारात्मक वातावरण बन्दै गएको बताउनु भएको हो ।

जिम्मेवारी र परिपक्वताको हिसाबले प्रदेश ५ अग्रणी स्थानमा रहेको भन्दै राजधानी र नामको विषय संसदमा प्रवेश गरेपछि सञ्चार क्षेत्रबाट पनि सकारात्मक सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले संघीयता कार्यान्वयनका क्रममा अन्य प्रदेश भन्दा ५ नम्वर प्रदेशका अगाडी रहेका भन्दै कार्य सम्पादनका हिसावले सफल रहेको दाबी गर्नु भयो ।

संसदका काम प्रभावकारी बनाउन विषयगत समितिहरु निर्माण गर्दा सबै सांसदलाई विधेयकसँग जोड्ने गरी निर्माण गरिएको चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले छोटो अवधिमा कानुन निर्माणदेखि योजना निर्माणसम्ममा महत्वपूर्ण काम भएको समेत बताउनु भएको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,