Connect with us
Kapilvast Forest

बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

२०७७, १६ आश्विन शुक्रबारमा प्रकाशित

सांकेतिक तस्बिर

विराटनगर-मोरङको सन्दर हरैंचा नगरपालिका ३ मा बोक्सीको आरोपामा एक महिलामाथि कुटपिट गरेको छ ।सोही स्थानकी धनहीरा राइले छिमेकी महिलालाई बोक्सीको आरोप लगाउदै कुटपिट गरीकी प्रहरीले जनाएको छ । कुटाइ खाने महिला आफूलाई कुट्दै गरेको भिडियोसहित बिहीबार प्रहरी कार्यालय पुगेपछि घटनामा सम्लग्न राइर्लाई बेलबारी प्रहरीले पक्राउ गरेको छ ।

धनहरी आप्mनो शरीरमा धामी उत्रिएको भन्दै थाल बजाएर मंगलबार साँझबाट चिन्ता बसेकी र चिन्ता हेर्न आएकी छिमेकी महिलालाई बोक्सीको आरोप लगाँउदै कुटपिट गरेको प्रहरीले जनाएको छ ।

धनहरीले धामी बस्दा प्रयोग गरेको त्रिसुलले महिला माथि प्रहार गरेको र उनको शरिरको विभिन्न ठाँउमा चोटपटक समेत लागेको प्रहरीले बताएको छ । राइले चिन्ता बसेको ठाँउमा आएर धामी विद्यामाथि असर पु¥याएको बोक्सीको अन्त्रमन्त्र गरेको भन्दै कुटपिट गरेको पिडित महिलाले बताएकी छिन् ।

कुटपिट गर्ने महिलाविरुद्ध बोक्सीको आरोपको कसुरमा कारबाही अगाडि बडाउन अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनु भयो । कुटपिट गर्ने महिलालाई बेलबारी इलाका प्रहरीमा राखेर थप अनुसन्धान थलिएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,